
लमजुङ । अन्नपूर्ण पदमार्गमा एक वर्षमा २१ हजार भन्दा बढी पर्यटक आएका छन् । सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका हुन् ।
पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९ सय ८१ पुरुष र ८ हजार २ सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङका अनुसार फ्रान्सका २ हजार ५ सय ३३ पर्यटक आएका थिए । सन् २०२३ मा १ सय २२ देशका नागरिक यस पदमार्गमा आएको उहाँको भनाई छ । फ्रान्सपछि इजरायल, जर्मनी, बेलायत, अमेरिकाका नागरिक बढी यस पदमार्गमा आएका थिए ।
सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक आएका थिए । त्यस मध्ये १० हजार ३ सय ६४ पुरुष र ५ हजार ५ सय ३६ महिला रहेको पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा ५ हजार ३ सय ४७ बढी विदेशी पर्यटक आएका छन् ।
सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका २ हजार १२ थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ बढी पर्यटक आएका थिए । सन् २०२१ मा १ हजार ५ सय ६२ पुरुष र ७ सय ११ महिला गरी २ हजार २ सय ७३ पर्यटक आएका थिए ।
सन् २०२० मा १ हजार ९ सय ७६ पर्यटक आएको थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार ४ सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए ।
सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङ्गे चौतारो रहेको छ । यो पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ ।
पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट मुस्ताङ, पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । मनाङमा रहेका हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री