
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब ४ करोडरुपैयाँ भेटी सङ्कलन भएको छ ।
स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै १ करोड ६ लाख ४३ हजार १ सय ७२ भेटी सङ्कलन भएको थियो ।
पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ ।
पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताउनुभयो । चैत मात्र ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।
गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव