
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् ३ दशमलव ०३ प्रतिशतले बढेर २ हजार ५ सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज ३ सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर, एक लाख ७१ हजार ३ सय ८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ६ र जीवन बीमा समूहको उपसूचक ४ दशमलव ४५ प्रतिशतले बढेको छ । ६ कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
शेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख दुई हजार ८ सय ३५ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव