
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल खानेपानी माग्दै सडकमा निस्कनुभएको छ ।
बाढीपहिरोको कारण मेलम्ची बन्द भएपछि काठमाडौँको विभिन्न टोलमा खानेपानीको समस्या छ । काठमाडौँवासीले धारामा पानी नआए पनि महशुल भने तिर्दै आएका छन् । महशुल चाँहि तिर्नुपर्ने तर पानी थोप्पै नआउने भएपछि काठमाडौँवासी सोमबार पानी माग्दै सडकमा निस्किए । काठमाडौँवासी सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको आव्हानमा पानी माग्न सडकमा निस्किएका हुन् ।
एकीकृत समाजवादीको काठमाडौँ महानगरपालिका कमिटीले जनतालाई पानी पिउन दिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा एकीकृत समाजवादीका सम्मानित नेता खनाल समेत सहभागी हुनुभयो । पूर्वप्रधानमन्त्री खनालले काठमाडौँवासीलाई खानेपानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । एकीकृत समाजवादीको महानगर कमिटीले पानीको हाहाकार तत्काल समाधान गर्न माग गर्दै खानेपानी लिमिटेडलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै