
काठमाडौँ । संसदीय समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीको भूमिका छानविन गर्न निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीसँगको छलफलपछि सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समितिमा सोमबार बालकुमारी घटनामाबारे गहन छलफल भएको छ । गृहमन्त्री श्रेष्ठसँगको छलफलपछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाले गरेको प्रदर्शनमा गोली चलेको घटनामा श्रम रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारी र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानविन गर्न निर्देशन दिएको हो ।
घटनामा श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयरमन्त्रीको भूमिकाबारेमा समेत छानविन गर्न निर्देशन दिने’, छलफलपछि सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भन्नुभयो ।
पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो । झडपमा २ जना युवाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री