
काठमाडौँ । संघीय ससदको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। कांग्रेसले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप मनाउन लागेको हो ।
भारतमा निर्वासित जीवन बिताइरहनुभएका वीपी कोइराला राजासँग मिल्न ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को अवधारणासहित २०३३ साल पुस १६ मा स्वदेश फर्केपछि कांग्रेसले त्यसको स्मरण गर्दै दिवस मनाउन थालेको हो ।
राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस यस पटक पनि लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितमा मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप’ कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ ।
कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीको साथै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्त्याइएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कार्यक्रममा निम्तो दिएको छैन।
कार्यक्रममा ‘वक्ता धेरै हुने भएकोले निश्चित मापदण्ड बनाएर सीमित नेतालाई बोलाइएको विश्कर्माले बताउनुभयो । ‘राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो। प्रजातन्त्र नै मूल विषय हो’ उहाँले भन्नुभयो– ‘यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ। चित्रबहादुर केसीको योगदान छ। रास्वपा मात्र होइन अरू पनि छुटेका छन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री