
काठमाडौँ । खाने मुखलाई जुंगाले छेक्दैन भने झै, पढ्न र लेख्नको लागि उमेरले रोक्दैन । मानिसले चाह्यो भने जुनसुकै उमेरमा पनि अध्ययन गर्न सक्दो रहेछ । यसको ज्वलन्त उदाहरण बन्नुभएको छ, अमेरिकाको भर्जिनिया निवासी गिन्नी हिस्लप । उहाँले १ सय ५ वर्षको उमेरमा स्नातकोत्तर गर्नुभएको छ । गिन्नी हिस्लपले कलेज छाडेको ८० वर्षपछि फेरि अध्ययन थालेर स्नातकोत्तर गर्नुभएको हो ।
उहाँको अहिले सर्वत्र चर्चा भइरहेको छ । गिन्नी हिस्लपले ८० वर्षपछि स्ट्यानफोर्ड ग्रेजुएट स्कूल अफ एजुकेशन (GSE) बाट आफ्नो पढाइ पूरा गर्नुभएको छ ।
प्राप्त जानकारी उहाँ अनुसार सन् १९४० मा आफ्नो कोर्सको अन्तिम सेमेस्टरमा हुनुहुन्थ्यो । अन्तिम महिनामा आफ्नो मास्टर थेसिस पेश गर्नुअघि नै दोस्रो विश्वयुद्ध शुरु भयो । त्यसपछि उहाँलाई श्रीमानले युद्धमा बोलाउनुभयो । त्यही कारण उहाँको डिग्री कोर्स अलपत्र पर्यो ।
जब युद्ध रोकियो तर उहाँको अध्ययन शुरु भएन । उहाँ पारिवारीक जिम्मेवारीमा पर्नुभयो । त्यही कारण उहाँको अध्ययन रोकियो । उहाँले छोरा छोरी मात्रै होइन नातिनातिना समेत हुर्काउनुभयो । उहाँका ९ जना नातिनातिना छन् । पारिवारीक जिम्मेवारी पूरा गरेपछि उहाँले फेरि अध्ययन थाल्नुभयो । जिन्नी हिस्लप आफ्नो मास्टर डिग्री पूरा गर्न कलेज भर्ना हुनुभयो । केही वर्षको अध्ययनपछि उहाँले जुन १६ मा मास्टर डिग्री प्राप्त गर्नुभयो ।
उहाँलाई डीन डेनियल श्वार्ट्जले मास्टर डिग्रीको प्रमारणपत्र हस्तान्तरण गर्नुभयो । मास्टर डिग्रीको प्रमाणपत्र लिँदै जिनी हिस्लपले भन्नुभयो ‘हे भगवान्, मैले लामो समयदेखि यसको प्रतीक्षा गरेकी छु ।’ उहाँले एक भिडियो अन्तरवार्तामार्फत आफ्नो कथा प्रस्तुत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव