+

किशोरीलाई सामूहिक बलात्कार : एक जना पक्राउ, अर्का फरार

कैलाली । कञ्चनपुरमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिकाका २७ वर्षीय युवकलाई पक्राउ गरेको हो । प्रहरीले युवकको नाम भने खुलाएको छैन । 
किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभएको छ  । 

प्रहरी प्रवक्ता डाँगीका अनुसार बलात्कार गर्ने अर्का व्यक्तिको खोजी भइरहेको छ । उनीहरुले किशोरीलाई  पुस १० गते साँझ फोन गरेर बोलाइ जंगलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको  डाँगीले बताउनुभयो । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै