+

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ । दमौली अस्पतालमा दुई थान डायलाइसिस मेसिन थपिएका छन् । 

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ। 

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा हाल १० वटा डायलाइसिस मेसिन छन् । 

अस्पतालले दैनिक ८ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिनुभएको छ । एउटा मेसिनबाट दैनिक ३ जना बिरामीको सेवा भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट