
काठमाडौँ । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन् ।
नेपाल चलचित्र कलाकार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित छलफलमा वक्ताहरूले सामाजिक रुपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सभ्य समाज निर्माणका लागि चेतना फैलाउने कलाकारहरू जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
चलचित्र समालोचक कृष्ण भट्टराईले कलाकारले पेसागत मर्यादा, व्यक्तिगत आचरण तथा सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा चनाखो भई समाजमा पार्ने प्रभावको आकलन गर्नुपर्ने सुझाव दिनुभयो ।
चलचित्र निर्देशक राजेन्द्र शलभले नेपालमा चलचित्रको विकास तथा प्रभावबारे जानकारी दिँदै राज्यको शान्ति सुरक्षामा आँच आउने फिल्ममा अभिनय नगर्न सुझाव दिनुभयो । कलाकार दिनेश डिसीले सामाजिक विकृतिविरुद्ध कलाक्षेत्रका सबै व्यक्ति लाग्नुपर्ने दोहो-याउँदै समाज रूपान्तरणका निम्ति योगदान गर्नु हरेक कलाकारको दायित्व हो भन्नुभयो ।
चलचित्र कलाकारितालाई मर्यादित बनाउन उद्देश्यले सङ्घले चार बुँदे आचारसंहिता पनि जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव