
बाग्लुङ। राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापार मेला एवम् सातौ बागलुङ महोत्सव २०८० को उद्घाटनका लागि आज बाग्लुङ आउनुभएका राष्ट्रपतिले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको हो ।
बाग्लुङ कालिका मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । राष्ट्रपति मन्दिर पुग्दा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । राष्ट्रपतिले यहाँस्थित शालिग्राम सङ्ग्राहलयको समेत अवलोकन गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए