
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेल बाग्लुङ बजार आउनुभएको छ । राष्ट्रपति ७ औँ बाग्लुङ महोत्सव उद्घाटनका लागि आउनुभएको हो ।
राष्टपति बुधबार बिहान १० बजेर २ मिनेटमा नेपाली सेनाको हेलिकप्टरमा बाग्लुङ आइपुग्नु भएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको छ ।
राष्टपतिले बाग्लुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नुहुनेछ । मन्दिरको दर्शन लगत्तै बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभएको छ।
कोरोना भाइरस संक्रमण (कोभिड–१९) को केही समय राकिएको महोत्सव ४ वर्षपछि फेरि हुन लागेको हो । महोत्सव यस अघि २०७६ सालमा भएको थियो । आजदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेअध्यक्ष कँडेलको भनाई छ । महोत्सवमा १ सय २० भन्दा बढी कक्ष रहने छन् । महोत्सव करिब ७ लाख दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य छ ।
महोत्सवमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ । मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै