
दाङ । खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्ैमहिना खेती गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्नुहुन्थ्यो । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ रु दुई हजार चार सयमा खरिद गरि खेती गरेको उहाँले बताउनुभयो । त्यो धनियाँ बिक्री गरेर २ लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।
बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उहाँले बताउनुभयो । सिजनमा प्रतिमुठा ५ रुपैयाँमा बिक्री हुन्छ बेमौसममा भने मुठाकै १० रुपैयाँमा बिक्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उहाँले बताउनुभयो । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताउनुभयो । उखेल्न नसकेको समयमा एक हजारदेखि क हजार ५ सय रुपैयाँसम्मको बिक्री हुने गरेको उहाँको भनाइ छ ।
धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । ‘वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उहाँले भन्नुभयो । गत वर्ष यी तीन महिनामा दुई लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । सरदर वर्षको ८ लाख रुपैयाँ धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न शुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’ उहाँले भन्नुभयो– ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’
उहाँसँग बाह्ैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्ैमहिना गर्ने गरेको उहाँले बताउनुभयो । इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव