
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । मुद्धामा आजको पेशी तोकिएको छ ।
जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाइ गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
करिव डेढ वर्षअघि क्रिकेटर लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै