
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ । उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो । अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उहाँले केरा रोप्नुभएको हो ।
“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ । त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”
धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लाग्नुभएको हो । तिलाचौरमा उहाँको दुई बिघा जमिन छ । त्यसमध्ये डेढ बिघामा केरा खेती गर्नुभएको छ । केरा खेतीमा नरेन्द्र र उहाँको श्रीमती आफै खटिनुहुन्छ ।
“धान, गहुँ भन्दा आम्दानी राम्रो छ । केरा स्थानीय बजारमा सहजै बिक्रि हुने गरेको छ,” उहाँले भन्नुभयो, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ । आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ ।”
उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ । केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ । उहाँको दुई छोराछोरीसहित चार जनाको परिवार छ । केरा खेतीबाट कमाएकै पैसाले उहाँले जेठी छोरीको विवाह गर्नुभयो ।
कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उहाँको सपना छ । गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएसलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहनुभएको छ । “छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्र भन्नुहुन्छ, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”
उहाँले बाख्रा र भैँसी पनि पाल्नुभएको छ । पशुपालनबाट हुने आम्दानीले घरखर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बीउविजन, मलखादमा केही नपाएको उहाँको गुनासो छ । कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव