
काठमाडौँ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उहाँ लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गर्नुभएको छ ।
लेखक भएका कारण उहाँले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाल्नुभयो । फलत लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उहाँले आफैँ म निर्देशन गर्छु भन्नुभयो । ‘मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो चलचित्रको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु’ निर्देशक सुब्बाले भन्नुभयो ।
उहाँ निर्देशित ‘जारी’ले १७ करोड रुपैयाँको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उहाँ स्थापित निर्देशक बन्नुभयो । दोस्रो चलचित्रका रुपमा उहाँले ‘मनसरा’ तयार गर्नुभएको छ । यसपटक उहाँले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गर्नुभएको छ । ‘मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर चलचित्रको कथा तयार गरेँ’ निर्देशक सुब्बाले भन्नुभयो ।
कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उहाँ आफू बस्ने आसपास घुमघाम गर्नुभयो । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उहाँलाई कथाको आइडिया दियो । ‘जारी’ अगाडि नै चलचित्रको शुरुवात गर्ने तयारी गरे तापनि विविध कारणले एक वर्ष ढिला भएको उहाँले जानकारी दिनुभयो ।
‘साहित्यको आँखाले चलचित्र कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ’ निर्देशक सुब्बाले भन्नुभयो । चलचित्रमा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र वैशाखको तेस्रो साता प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध