
काठमाडौँ । ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने भएको छ । उद्यमी तथा साहित्यकार चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको हो ।
सिजी इन्टरटेन्मेन्टद्वारा शुक्रबारदेखि श्रब्यदृश्य कार्यक्रम प्रसारण गरिने इन्टरटेनमेन्टका सहअध्यक्ष एवं वरिष्ठ कलाकार हरिहर शर्माले आज आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ ।
कार्यक्रममा चौधरीका भोगाइ र सफलताका कुराबाहेक जीवन र जगत्बाट सिकेका र अनुभूत गरेका भोगाइ र उहाँका सिर्जनाका साथै समाजका विभिन्न क्षेत्रमा लागेर ख्याति कमाएका र सङ्घर्षशील जीवन यापन गरी समाजमा उदाहरणीय बनेका व्यक्तित्वका अनुभूति र कार्यपद्धतिलाई समेटिने पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार शर्माले जानकारी दिनुभएको छ।
कार्यक्रमका हरेक शृङ्खलामा ती व्यक्तित्वलाई ल्याएर उनीहरुको सङ्घर्ष तथा जीवन यात्राका आरोह–अवरोह पस्किने र यसबाट समाजमा सकारात्मक काम तथा जीवनमा प्रगतिका लागि प्रेरणा प्रदान गर्न सकिने त्यो कार्यक्रमको लक्ष्य रहेको शर्माले बताउनुभयो । उद्योगी व्यवसायी चौधरी व्यवसायका साथै साहित्यकर्ममा पनि हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध