
काठमाडौँ । छिमेकी मुलुक भारतमा फेरि कोरोना भाइरस संक्रमण (कोभिड–१९ ) देखिएको छ ।
केरलामा कोभिडको कारण ३ जनाको मृत्यु भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बुधबार केरलामा कोभिड को ३ सय संक्रमित थपिएका छन् । योसँगै केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३ सय ४१ पुगेको छ।
केरला बाहेक भारतका अन्य ठाउँमा ५८ जना संक्रमित थपिएका छन् । अन्य राज्यमा सक्रिय संक्रमितको संख्या ३ सय २८ मात्र छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै