
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएकोे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।
प्रेस सेन्टर नेपालको सल्लाहकार समेत रहनु भएकि पुन नेपाल पत्रकार महासंघको सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष तथा पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसक्नु भएको छ । स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थायी घर भएकि पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह उत्रीण गर्नुभएको छ ।
यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस एक गते सकिएको थियो । पुनले बिहीबार पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै