
बाग्लुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देश र जनताप्रति गैरजिम्मेवार बनेको बताउनुभएको छ ।
‘‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा एमाले अध्यक्ष ओलीले बिहीबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले देशको इज्जत समाप्त पार्न लागेको आरोप लगाउनुभएको हो । तर पनि सरकारलाई लज्जाबोध नभएको ओलीको भनाई छ । तर पनि सरकारलाई लज्जाबोध नभएको ओलीको भनाई छ ।
‘यो लज्जाबोध नभएको सरकार हो, यसले राष्ट्रघाती काम मात्रै गर्छ’ सभामा उहाँले भन्नुभयो– अहिलेको सरकारमा अलिकति पनि इमान भए राजीनामा दिएर निस्कनुपर्थ्यो । तर त्यसो गर्न सक्दैन । यो सरकारले राष्ट्रिय हितको रक्षा गर्न सक्दैन। देश र जनताको हितको लागि बोल्न सक्दैन।’
अध्यक्ष ओलीले एमालेका पालामा देशमा विकास निर्माणका धेरै काम भएको तर अहिले त्यस्ता कार्य ठप्प रहेको उल्लेख गर्नुभयो । ‘विकासका कामहरू जुन एमालेको समयमा भएका थिए, ती सबै विकासका काम अहिले ठप्प छन्’ उहाँले भन्नुभयो, ‘तै पनि सरकार चलिरहेको छ। सरकार हौं भनेर बसिरहेको छ। चल्न त के चल्नु र ? अहिले अर्थतन्त्र ध्वस्त भएको छ । महँगी बढे बढिरहेको छ तर सरकार त्यसप्रति मौन बसिरहेको छ।’
एमाले अध्यक्ष ओलीले नेकपा माओवादीको कारण देशमा अशान्ति र अस्थिरता उत्पत्न भएको स्मरण गराउँदै त्यही कारण युवा पलायन र देश कमजोर हुँदै गएको उल्लेख गर्नुभयो । ‘मुलुकमा विभिन्न खालका समस्या थपिँदै गएका छन्, त्यसको जड माओवादी होे, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ’ उहाँले भन्नुभयो अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो,यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव