
रुकुम । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका संचारकर्मीलाई पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ । महासंघको टोली बुधबार मुसिकोट खलङ्गामा पुगेर भूकम्प प्रभावित पत्रकारलाई ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
महासंघकाका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गर्नुभएको छ । प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासंघले संकलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिनुभयो । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उहाँले आउँदा दिनमा थप सहयोग गर्न महासंघ तयार रहेको बताउनुभयो ।
प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासंघसधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष बिष्टले बताउनुभयो । प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेशालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उहाँको भनाई छ। । उहाँका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।
महासंघबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।
महासंघको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ४÷४ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै