
काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
सिंहदरवारस्थीत नयाँ हलमा बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । ‘सरकार गठनको करिव एक वर्ष सामान्य समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुती थियो’ मन्त्री शर्माले भन्नुभयो । मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार पुनः बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै