
पर्सा । केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका ३ वटा बाघ मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघ मरेको हो । बाघ मरेपछि पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ । पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघ मरेको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिनुभएको छ । दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघ मरेको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मरेको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।
उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघ मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव