
धनुषा । सप्ताहव्यापी कार्यक्रम सहित यस वर्षको विवाहपञ्चमी महोत्सव । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।
जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवाअन्तर्गत आज करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकारी दिनुभयो । उहाँले अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाईसहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो ।
साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ वैष्णवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । रू दुई सय देखि रू पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ ।”
भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ । यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका जनाइएको छ । एक साता बढीदेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध