
सुर्खेत । भौतिक यातायात तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भष्ट्राचार निरुत्साहित गर्दै अगाडि वढ्नुपर्ने वताउनुभएको छ ।
एकीकृत समाजवादी पार्टीका उपमहासचिव समेत रहनुभएका मन्त्री ज्वालाले बुधबार समाजवादी प्रेस सगंठन नेपाल कर्णालीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अहिले मुलुक नै आर्थिक मन्दीको मारमा रहेको र त्यसको असर संचार क्षेत्रमा बढी परेको उल्लेख गर्नुभयो ।
मन्त्री ज्वालाले समाजवादी समाजवादी प्रेस सगंठनमा आवद्धसहित सबै पत्रकारलाई जनपक्षीय बन्न सुझाव दिनुभएको छ । ‘तपाईहरु जनपक्षीय बन्नुस्’ उहाँले भन्नुभयो– ‘पत्रकारको प्रगति र पक्षमै पार्टी हिजो पनि थियो, अहिले पनि छ र भोलि पनि रहन्छ ढुक्क हुनुस् ।’
समाजवादी प्रेस सगंठनका अध्यक्ष विश्वमणि सुवेदीले पत्रकारिता सुधार्नका लागि पहिला पत्रकार नै सुध्रिनुपर्ने बताउनुभयो । ‘हामी पत्रकारहरुमा पनि केही समस्या छन्’ उहाँले भन्नुभयो– जसका कारण मिडियाप्रति नागरिकको विश्वसनीयता घटदै गएको छ । त्यसकारण हामी पहिला सुध्रिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री