
काठमाडौँ । बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर पूरा भएको छ। करिब २ हजार किलोमिटर मध्यपहाडी यात्रा पछि भारतसंग सीमाना जोडिएको चिवाभञ्ज्याङमा पुगेर समापन भएको हो ।
पाँचथरको चिवाभन्ज्याङमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रुपमा समापन भएको हो।
ओलीले यात्रामा सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो । राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको उहाँको टिप्पणी थियो ।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताउनु भयो ।
‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ।’
यो यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ, समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा यो यात्राले दिएको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै