
भरतपुर। चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो ।
भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडा सदस्य लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता पण्डित अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको छ । अनुमानका आधारमा केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । माडीमा केही दिनअघि पनि भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै