
जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो ।
प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताउनुभयो ।
“चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदैछ, त्यसैले सबै सचेत बनौँ भनेर आग्रह गरिरहेको छु”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “जल, जङ्गल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन । त्यसैले चुरेलगायत प्राकृतिक स्रोतको संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु ।”
त्यसैगरी उहाँले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सकेमात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवापुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राख्नुभयो । यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकारको टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो । प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो ।
मैत्रीपूर्ण खेलमा विजयी पत्रकार टोलीलाई प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले ११ हजार नगदसहित विजयी खेलाडीलाई उपहार प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध