
पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।
अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभयो ।
यस्तै उहाँले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै