
काठमाडौँ । सत्तारुढ ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक फेरि सारिएको छ । यसअघि पुस १६ देखि १९ गतेका तोकिएको महासमिति बैठक फेरि फागुन ७ देखि १० सम्मको लागि धकेलिएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ । माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएकाले बैठक फेरि सार्नु परेको नेता विमलेन्द्र निधिले बताउनुभयो । बैठकले राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ । दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको नेता निधिले जानकारी दिनुभयो ।
कांग्रेसले महासमिति बैठक सारेको यो चौथो पटक हो । यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो । त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।
राष्ट्रि सभा निर्वाचन र जाडो मौसमलाई कारण देखाउँदै कांग्रेसले चौथो पटक महासमिति बैठक सारेर फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले महासमिति बैठक अघि पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै