काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधवार अपराह्न पाँच बजे पार्टी कार्यालय वनस्थलीमा सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकअघि यही मङ्सिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम रहेको (रास्वपा) ले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रमपछि पाँच बजे बस्ने बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गर्ने एजेन्डा रहेको छ । यस्तै सभापति रवि लामिछानेले आफ्नो मलेसिया भ्रमणबारे बैठकमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । बैठकमा समसामयिक राजनीतिबारे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै