
चौतारा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ । आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ । त्यसको घोषणा चाँडै हुनेछ ।”
मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पु¥याउने अभियानमा आफू लागेको बताउँदै तीन सय शय्या भएको अस्पतालमा नर्सिङ, तीन सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै