
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले भारतलाई जितका लागि केवल ५३ रनको झिनो लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गर्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रूपमा प्राप्त रन बढी रह्यो । नेपालले अतिरिक्त रूपमा १३ रन पाएको थियो । नेपालले अन्तिम विकेटका रूपमा हेमन्त धामी १८ बलमा आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।
भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिए । उनले ९.१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारे । आर्सिन अतुल कुलकर्णीले एक विकेट लिए ।
यू-१९ क्रिकेटमा हालसम्म बनेको सबैभन्दा कम योगफल भने २२ रन हो । यू-१९ विश्वकपअन्तर्गत सन् २००४ को फेब्रुअरी २२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा स्कटल्यान्डको टोली केवल २२ रनमा अलआउट भएको थियो । त्यो खेलमा स्कटल्यान्डका ब्याट्सम्यानहरू २२.३ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । त्यो खेलमा स्कटल्यान्डको रन रेट ०.९७ रहेको थियो ।
नेपालले पहिलो विकेटका रूपमा दीपक बोहरालाई गुमाएको थियो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतका बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए । ४.१ ओभरमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको थियो ।
नेपालको दोस्रो विकेटका रूपमा उत्तम रंगु थापामगर खाता खोल्नुअघि नै आउट भएका थिए । उनको विकेट पनि भारतीय बलर राज लिम्बानीले नै लिएका थिए । उत्तम बोल्ड भएका थिए । उनी आउट हुँदा नेपालले ६.२ ओभरमा १४ रन बनाएको थियो ।
तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाल आउट भएका थिए । उनी २२ बलमा सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतीय बलर आराध्य शुक्लाले मुसिर अहमदद्वारा क्याच गराएका थिए । अर्जुन आउट हुँदा नेपालले ७.३ ओभरमा १७ रन बनाएको थियो । त्यसमध्ये पनि सात रन अतिरिक्त रूपमा प्राप्त भएको थियो ।
यसैगरी नेपालको चौथो विकेटका रूपमा कप्तान देब खनाल पेभेलियन फर्किएका थिए । उनी १० बलमा दुई रन बनाउँदै आउट भएका थिए । उनलाई भारतीय बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए । राजले लिएको यो तेस्रो विकेट थियो । देब आउट हुँदा नेपालले ८.५ ओभरमा १७ रन बनाएको थियो ।
त्यसलगत्तै अर्को बलमा नेपाली टोलीले आफ्नो पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रूपमा दीपक डुम्रे शून्य रनमै आउट भएका थिए । उनको विकेट पनि राज लिम्बानीले नै लिएका थिए । उनले दीपक डुम्रेलाई बोल्ड गरेका थिए । राजले लिएको यो चौथो विकेट थियो ।
छैटौँ विकेटका रूपमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अनुभवी ब्याट्सम्यान गुल्सन झा पेभेलियन फर्किएका थिए । उनी आठ बलमा चार रन बनाउँदै आउट भएका थिए । उनलाई भारतीय बलर आराध्य शुक्लाले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ९.५ ओभरमा केवल २१ रन बनाएको थियो ।
नेपालको सातौँ विकेटका रूपमा दीपक बोहरा आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ११ बलमा सात रन बनाएका थिए । उनलाई राज लुम्बानीले सचिन दासद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२.५ ओभरमा केवल ३२ रन बनाएको थियो । त्यसमध्ये पनि आठ रन अतिरिक्त रूपमा पाएको थियो । भारतीय बलर राजले लिएको यो पाँचौँ विकेट थियो ।
नेपालको आठौँ विकेटका रूपमा दीपेश कँडेल आउट भएका थिए । उनी १८ बलमा केवल चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतीय बलर आर्सिन अतुल कुलकर्णीले सचिन दासद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.४ ओभरमा ३८ रन बनाएको थियो ।
नेपालको नवौँ विकेटका रूपमा सुवास भण्डारी १९ बलमा केवल दुई रन बनाउँदै आउट भएका थिए । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिएका थिए । राजले उनलाई प्रियांसु सुरेसद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १८.४ ओभरमा ४४ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै