
काठमाडौँ । रेशम चौधरीलाई पक्राउ गर्नेबारे भएको त्रुटिपूर्ण पत्रबारे जानकारी दिन सर्वोच्च अदालतले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरेको छ। सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्टले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए।
उक्त पत्रका आधारमा नाउपा संरक्षक चौधरी पक्राउ परेका थिए । प्रहरीले चौधरीलाई डिल्लीबजार कारागार बुझाएको थियो। अनधिकृत पत्रको आधारमा चौधरी पक्राउ परेपछि त्यसले राजनीतिक तरंग ल्याएको थियो भने सर्वोच्चमा पत्र कसरी गयो भनेर बबन्डर भएको थियो।
तर सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्टले अनधिकृत पत्र लेखेको पाइएपछि उनीमाथि सर्वोच्चले केरकार गरेको थियो।
अहिले उनलाई जिल्ला प्रहरी परिसरमा लगिएको छ भने चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पत्र पठाइसकेको छ। यो सम्पूर्ण प्रकरणबारे सर्वोच्चले केहीबेरमा प्रेस विज्ञप्ति निकालेर जानकारी दिने सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डे बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध