
काठमाडौँ । नेपाल शिक्षक महासंघले आफूहरुको आन्दोलनमा घुसपैठ भएको जनाएको छ। आन्दोलनमा घुसपैठ भएपछि झडपको अवस्था आएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
हेल्मेट लगाएका चारजनाले अन्धाधुन्ध लाठिचार्ज गर्न थालेपछि झडप भएको सुवेदीले बताउनुभयो । ‘आन्दोलनमा घुसपुठ भयो, हेल्मेट लगाएका चारजनाले अन्धाधुन्धा लाठी हान्न थाले, प्रहरीले पानीका फोहराले हान्यो,’ उहाँले भन्नुभयो ।
‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्।’
झडपका कारण ६२ जना शिक्षक घाइते भएका छन् । झडपमा प्राइम टिभीमा कार्यरत सविना कार्कीको आखाँमा चोट लागेको छ।
कार्कीको तिलगंगा अस्पतालमा उपचार हुँदै छ भने तीन शिक्षकको ट्रमा सेन्टर, १६ शिक्षकको सिभिल अस्पताल र अन्यको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ।
शिक्षक आन्दोलनका क्रममा आज बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार ६० जना बढी शिक्षक घाइते भएका छन् । यसपछि झन् शिक्षकहरू आक्रोशित भएका छन् ।
भोलि थप शिक्षक कर्मचारी काठमडौँ आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध