
काठमाडौँ । आवासीय चिकित्सकहरूद्वारा सरकारी अस्पतालमा पनि ओपिडी सेवा बन्द गरेका छन् । शुक्रबारदेखि सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकले बिरामी जाच्ने कार्य रोकेका हुन्।
निजी मेडिकल कलेजहरूले सरकारीसरह निर्वाह भत्ता नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो। शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडी सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. ओमविक्रम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार निजी मेडिकल कलेजहरूले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहनेछ।
ओपिडी बन्द गरेर चिकित्सकहरू माइतीघर क्षेत्रमा प्रदर्शनरत छन्।
निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरू आन्दोलित छन्। बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सक निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। उनीहरूले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन्।
शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, सिभिल अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू फर्किएका छन्। कतिपय बिरामीलाई विशेषज्ञ तथा अन्य चिकित्सकको सहायतामा अस्पतालहरूले उपचारको प्रबन्ध मिलाइएको छ।
वीर अस्पतालले आवासीय चिकित्सकहरूले बिरामी नजाँच्ने भएपछि टिकट काउन्टर नै बन्द गरेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव