
काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको एघारौँ सम्मेलनबाट अध्यक्षमा डा. पद्म प्रसाद खतिवडा निर्विरोध चयन हुनुभएको छ । खतिवडाको नेतृत्वमा १५१ सदस्य कमिटी निर्विरोध चयन भएको हो ।
अध्यक्षमा खतिवडा निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नरेन्द्र कोइराला, भरत राई , तेज विक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी महासचिवमा सुमन खरेल, तीन उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याल निर्वाचित हुनुभएको छ ।
कोसी सचिवमा होम बहादुर बस्नेत, मधेश सचिवमा किशोर साह, बागमती सचिवमा छवि बराल र गण्डकी सचिवमा श्रीकान्त खतिवडा निर्वाचित हुनुभएको छ । भुवनेश्वर लामिछाने , विष्णु कुमार खड्का र कृष्ण सिंह साउद पनि सचिवमा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा कृष्ण ओझा निर्वाचित हुँदा सह कोषाध्यक्षमा चन्द्र बदना राई निर्वाचित हुनुभएको निर्बाचन कमिटीले जनाएको छ ।
लेखा आयोग अध्यक्षमा बिदुर नेपाल, सचिवमा केपी अर्याल र अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाईँ पनि सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन नेकपा एमाले समर्थित प्राध्यापकहरुको संगठन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव