
इलाम । सञ्चमायाकी छोरी सृजनाले भन्नुभयो– ‘एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन ।
कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिना लगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उहाँलाई पैसाको लोभ भयो । विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर हुनुहुन्छ ।
‘आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन’ सञ्चमायाकी छोरी सृजनाले भन्नुभयो– ‘एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन । गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ । ‘एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ सृजनाले भन्नुभयोम सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो । सम्पर्क छैन । न सास, न लास केही पत्तो भएन ।’
सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गर्नुभएको छ । ‘नागरिकता भए सजिलो हुन्थो रे, मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौँ । तर, आगलागी हुँदा ढड्डा डढ्यो भन्नुभयो । खै केही उपाय होला कि ।’
सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताउनुभयो । ‘सुरक्षित आप्रवासन सञ्चालन परियोजना ९रेमी०मार्फत हामी नागरिकता नम्बर खोजीमा छौँ । कसले फसायो । उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ’ वडाध्यक्ष बम्जनले भन्नुभयो– ‘सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ । खेती किसानी गरेर बच्चा हुर्काउनुभयो । अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन् । वडा साथमा छ ।’
श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन । सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनु बाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन । ‘धेरै पढ्नु भएन । बोल्न, भन्न आँट गर्नुहुन्न । हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौँ । भाग्य रहेछ भने आमा भन्न पाइएला’ कान्छा छोरा बिराजले भन्नुभयो । सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज हुनुहुन्छ ।
बिराज माध्यमिक तह पढिरहनुभएको छ । छोरी सृजना झापा बसेर ब्याचलर गरिरहनुभएको छ । तीन छोरा भारतमा श्रम गरिरहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध