
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा दक्ष जनशक्ति अभाव रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपालमा रोजगारी प्रवद्र्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्वीस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा आज यहाँ उहाँले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताउनुभयो ।
मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताउनुभयो । ‘अब हामी राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न रोजगारदातासँग जोडिने माध्यम बनाउँछौँ, यी सबै कुराको सहजीकरण गर्ने कार्य सरकारले गर्छ’ उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले युवा र महिलालाई उद्यमशीलता र रोजगारीसँग जोड्न स्वीस कन्ट्याक्टले महत्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा सकरात्मक प्रभाव पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘युवा र महिलालाई रोजगार र उद्यमशीलतासँग कसरी जोड्न संस्थाले सहयोग गरेको छ । उद्यमशीलता अभिवृद्धिका लागि हामीले दिएका तालिमको सफलताका लागि पनि आवश्यक सहजीकरण गरिदिएर सरकारलाई झक्झक्याउने काम भएको छ । कोशी प्रदेशमा २३ प्रतिशत युवा अझै बेरोजगार छन्, उनीहरूलाई रोजगार बनाउन हामीले अझै प्रयास गर्नुपर्ने छ । यसमा पनि यहाँहरूको सहयोग रहने छ ।’
महानगरप्रमुख कोइरालाले श्रम संसार पोर्टललाई सरकारका निकायसँग जोडेर लैजानुपर्नेमा समेत जोड दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोशी प्रदेशमा विभिन्न पालिकामा लागू भएको यो परियोजनाले महत्वपूर्ण प्रभाव पारेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश सरकारले नागरिकलाई सामाजिक चेतना र आत्मनिर्भर बनाउन परियोजना सहयोग पुगेको बताउनुभयो ।
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले रोजगार र उद्यमशीलतासँग जोड्न परियोजनाको परिणाम र सिकाइले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो । उहाँल उद्यमशीलतासँग जोडिएका हरेक कार्यक्रमसँग युवालाई जोड्न सघाउ पुगेको धारणा राख्नुभयो ।
स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जयध्वज कार्कीले सन् २०२१ फेब्रुअरीदेखि मार्च २०२५ सम्म नेपालमा सञ्चालित ‘स्टेप–अप परियोजना’ को कार्यान्वयनमा हापेल फाउण्डेसन र स्वीस विकास सहयोग (एसडिसी) बाट वित्तीय तथा प्राविधिक सहायता प्राप्त भएको जानकारी गराउनुभयो ।
उहाँले कोशी प्रदेशका तीनवटा स्थानीय तहबाट सुरु भएको परियोजनाले चार वर्षको अवधिमा गृहणीलाई उद्यमशीलता तालिम, रोजगारका विषयमा सहजीकरण गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध