
काठमाडौँ । राजा ल्याउने अभियानका जन कमाण्डर दुर्गा प्रसाई ले आत्मसमर्पण गर्दै आसाम प्रहरीमा गिरफ्तारी दिएको श्रोतले वताएको छ । राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं उक्त घटनापछि भारततर्फ भागेका थिए ।
उनले आफुलाई भारत मै पक्राउ दिएको प्रहरी उच्च स्रोतले बतायो । ‘दुर्गा प्रसाईलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँने तयारी भैरहेको बताइएकोछ ।
तीनकुनेमा भएको प्रदर्शनमा उनले आन्दोलनकारीलाई उत्तेजित बनाउँदै प्रहरीलाई नै किच्ने शैलीमा गाडी दौडाएका थिए । सो लगत्तै दोहोरो झडप र गोली चलेको थियो भने पछि आन्दोलनकारी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए ।
घटनालगत्तै भागेका उनले घटनाको १२ दिनपछि पक्राउ दिएका हुन् । यसअघि एउटा भिडियो सार्बजनिक गर्दै ३६ घण्टामा ५ जना नागरिक अधिकारकर्मी र वकिलको रोहबरमा गिरफ्तारी दिने बताएका थिए । साथै,बुधबारमात्रै प्रसाईंले आफू बाध्यताले भाग्नुपरेको दाबी गरेका थिए । एक भिडियो सन्देशमार्फत उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाटशुसुरु हुने जिकिर गरेका थिए । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका थिए ।
उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका थिए । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका थिए, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’
तीनकुने घटना हिंसात्मक भएपछि प्रहरीले राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित दर्जनौँलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध