
काठमाडौँ । मुलुकमा मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष २०८१ र ८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो । प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३ दशमलव ७४, दाल तथा गेडागुडीको सात दशमलव ८०, फलफूलको छ दशमलव ८२ र गैर–मदिराजन्य पेय पदार्थको पाँच दशमलव १५ प्रतिशतले बढेको छ । तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १७, तरकारीको एक दशमलव २४ र माछा तथा मासुको शून्य दशमलव ७४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव १४, कपडाजन्य तथा जुत्ताचप्पलको सात दशमलव ०१, मदिराजन्य पेय पदार्थको छ दशमलव ०७, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ५९ र यातायातको पाँच दशमलव ०७ प्रतिशतले बढेको छ ।
गत फागुन महिनासम्ममा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको तीन दशमलव ६० प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ६८, मधेशको तीन दशमलव ५२, बागमतीको दुई दशमलव ९८ प्रतिशत र गण्डकी प्रदेशको दुई दशमलव ७७ प्रतिशतले बढेको छ । त्यस्तै, लुम्बिनीको तीन दशमलव ७७, कर्णालीको तीन दशमलव ८० र सुदूरपश्चिम प्रदेशको चार दशमलव ४१ प्रतिशत रहेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, तराईको तीन दशमलव ७७, पहाडको तीन दशमलव ७२ र हिमालको चार दशमलव ७७ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव