
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको बाटोबाट देश अघि बढ्न नसक्ने भन्दै नयाँ समझदारी आवश्यक भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौँको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादी समेत अटाउने व्यवस्थाका लागि नयाँ समझदारी गर्न आवश्यक रहेको बताउनुभएको हो ।
‘यस्तो विधि बनाऔँ, जहाँ कसैले कसैलाई अपमान भएको महसुस नहोस्’, लिङ्देनले भन्नुभयो, ‘यो सभामा आइपुग्दा सम्म देशको राजनीतिमा धेरै परिवर्तन भैसकेका छन् ।’
उहाँले चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको भन्दै राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने बताउनुभयो । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको बताउनुभयो । चैत १५ को घटनामा भएको क्षतिप्रति अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको उहाँको भनाइ छ ।
उहाँले प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष जस्तो भएको आरोप समेत लगाउनुभयो । प्रहरी प्रहरी नै भएर बस्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले कुनै दलको भ्रातृ संगठन भएर प्रहरी संगठन नचल्ने बताउनुभयो ।
उहाँले चैत १५ मा भएको राजावादीको प्रदर्शनमा कोही पनि हिंसात्मक नभएको दाबी गर्नुभयो । सबभन्दा पहिला अश्रुग्याँस र गोली कसले चलायो ? भन्दै उहाँले मानवअधिकारको कुरा गर्ने बुद्धिजीवीहरू र सञ्चारकर्मीहरू कहाँ हुनुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव