
कञ्चनपुर । महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा ८ महिनादेखि निमार्णको काम ठप्प छ ।
गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो । उक्त बाँध बाढीले क्षति गरेको ८ महिनासम्म पुनर्निर्माण शुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ ।
महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए । बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन् । स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकषर्णपत्र बुझाएका छन् ।
‘बर्खाको समय आइसक्यो अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन’ भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भन्नुभयो– ‘समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन् ।’ उहाँले बस्ती मात्रै नभई महाकाली पुल जोड्ने पहुँच मार्गसमेत बाढीको जोखिममा रहेको बताउनुभयो ।
दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निमार्णको काम ठप्प रहेको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ । पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० निमार्णका लागि सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो ।
ठूलो ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डयेले गत भदौमा आएको बाढीले २६० मिटर बाँध बाढीले भत्काएको बताउनुभयो । ‘बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै डिजाइन संशोधनको प्रक्रिया अघि बढेको थियो’ उहाँले भन्नुभयो– ‘हालसम्म त्यो समयमा डिजाइन स्वीकृत नहुँदा हामीलाई काम गर्न कठिनाइ भएको हो ।’ उहाँले स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न नसकिने बताउनुभयो ।
‘हामीले काम छिटो सम्पन्न गर्नका लागि कार्यालयलाई पटक–पटक ताकेता गरेका छौँ’ पाण्डेयले भन्नुभयो– ‘बर्खा नजिकिएको छ, त्यस अगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निमार्ण भएका सबै संरचना जोखिममा छन् ।’ महाकाली नदमिा निर्माण भएको ८०० मिटर पुलको दुवैतर्फ दुई हजार ७०० मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब २०० मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ ।
महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ । पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले अहिले म्याद थपका लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिनुभयो । ‘म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ अहिले म्याद थपको प्रक्रियामा छ’ उहाँले भन्नुभयो– ‘अहिले निमार्णको काम ठप्प छ ।’
विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा कुमार श्रेष्ठ सिएफइसी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ८०० मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो ।
पाँचपटक म्याद थप हुँदा समेत सबै संरचना निर्माण हुन सकेका छैनन् । छैटौँपटक म्याद थपको प्रक्रियामा छ । सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत रु३ अर्ब २७ करोडरुपैयाँ थियो । पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव