
काठमाडौँ। नेपाल बार एशोसिएशनको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन निकट उम्मेदवार विजय मिश्रले अग्रता लिनु भएको छ ।
उहाँले २ सय २६ मत प्राप्त गर्दा विपक्षी गठबन्धन निकट उम्मेदवार रमन श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नु भएको छ ।
काठमाडौँको केन्द्रीय कार्यालयमा जारी मतगणनामा अहिलेसम्म सुनसरी, मोरङ, झापा, उच्च अदालत विराटनगर, इलाम र धनकुटाको मत गनिसकिएको छ।
बारको २७ औँ केन्द्रीय कार्यसमिति चयन गर्न गत शनिबार काठमाडौँ उपत्यका र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान गरिएको थियो।
सबै मतदानकेन्द्रका मतपेटिका काठमाडौँ ल्याइसकेपछि मत गन्न शुरु गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै