
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको प्रयासमा मुलुकमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले र कांग्रेसको बलमा मुलुकमा गणतन्त्र बहाली भएपछि शान्ति प्रक्रियामार्फत पछि मात्र आएको स्मरण समेत गराउनुभएको छ ।
नेकपा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले र कांग्रेसको बलमा मुलुकमा गणतन्त्र बहाली भएपछि शान्ति प्रक्रियामार्फत पछि मात्र आएको स्मरण समेत गराउनुभएको छ । सशस्त्र युद्ध संचालन गर्दै मुलुकमा विध्वंश मच्चाइरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन निर्णयक भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री नेपालले आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को भेला तथा प्रशिक्षणमा विगतको राजनीति परिवेश स्मरण गराउनुभएको हो ।
आफू र गिरिजाप्रसाद कोइराला मिलेर राजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्र स्वीकार्न बाध्य पारेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाई छ । ‘हाम्रो पार्टी (तत्कालीन एमाले) ले गणतन्त्र ल्याउने निर्णय गरेको २०६२ साउन महिनामा हो। त्यसपछि कांग्रेसलाई पनि गणतन्त्रको पक्षमा आउन हामीले कन्भिन्स गर्यौ’ कार्यक्रममा उहाँले भन्नुनुभयो । त्यसपछि दोसो जनआन्दोला चलिरहेकै बेला २०६३ सालको वैशाखको ११ गते म र गिरिजाबाबु हामीले सहमतिको डाफ्ट तयार गर्यौ। हामीले तयार पारेको त्यो सहमतिको डाफ्ट दरबारमा पठायौँ । र त्यही डाफ्ट अनुसार राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै सुम्पिए भन्दै मुलुकको लोकतन्त्र बहाली भएको घोषणा गरेको हो । प्रचण्डजीहरु त मुलुकमा लोकतन्त्र बहाली भएपछि शान्तिप्रक्रियामार्फत पछि आएको हो ।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुलुककमा अब फेरि राजतन्त्र फर्कनै सम्भावना नरहेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छाभए दल खोल्न सुझाव समेत दिनुभएको छ ‘राजनीति गर्नु छ भने पार्टी खोल्नुस्। राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस्’ उहाँले भन्नुभयो– चुनावमा जितेर बहुमत ल्याउनुस्। देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरो।’
पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा फेरि राजतन्त्र फर्कनेमा पूर्वराजा ज्ञानेन्द्र शाह नै विश्वस्त नभएको समेत टिप्पणी गर्नुभएको छ । ‘एउटा राम्रो कुरा मैले सुने। राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन। पूर्वराजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ’ उहाँले भन्नुभयो – ‘अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध