
डडेल्धुरा । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो ।
विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउनुहुन्छ ।
चैत शुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताउनुभयो । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उहाँको भनाइ छ ।
चैत शुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का लक्ष्मी भट्टले बताउनुभयो । ‘बरु बडादशैँका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ । कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ’ भट्टले भन्नुभयो– ‘अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन् ।’
नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरु घर फर्किन चलन छ । उनीहरुको आगमनले गाउँमा चहलपहल पनि बढेको उहाँले बताउनुभयो । विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ ।
विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री