
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।
काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो ।
आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ ।
उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानविय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
आयोगमा त्यो घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव