
उदयपुर। कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–४ को सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुन्सीका ७१ वर्षीया अम्बर सुनुवारको मृत्यु भएको हो ।
कटारीबाट दुधौली सिन्धुलीतर्पm जाँदै गरेको प्र २–०१–०० ३२ प ५४२२ नम्बरको कटारी–६ गेरुवाका २३ वर्षीया अनन्त मगरले चलाएको मोटरसाइकलले विपरीत दिशाबाट कटारीतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई कटारी अस्पतालमा ल्याइ उपचार गर्ने क्रममा दिउँसो ४ः३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगार्इंले बताउनुभयो ।
उपरीक्षक बजगाईंका अनुसार मोटरसाइलमा पछाडि सवार कटारी–५ भुल्केका २२ वर्षीया सरिना मगर सामान्य घाइते भएकामा कटारी अस्पतालमा उपचार गरिएको थियो । मोटरसाइकल चालक मगर र सरिना दुवैलाई प्रहरी कार्यालयमा लिई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै