
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाट भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले राजवादीको विचारमाथि आक्रमण गर्ने र बदनाम गर्ने प्रयास स्वरुप सरकारले नै चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम गरेको आरोप लगाउनुभएको हो ।
घटनाको निष्पक्ष छानविन नभइ एकपक्षीय ढंगले राजावादी र राजसंस्थालाई मुछ्ने काम भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । अध्यक्ष थापाले चैत १५ गतेको घटनालाई लिएर जनतामा भ्रम परेको भन्दै बिचलित नभइ अघि बढ्ने स्पष्ट पार्नुभयो । गणतन्त्र पक्षधर दल र केही सञ्चारमाध्यमले सिर्जना गर्न खोजेको भ्रमको तुवाँलो केही दिनपछि हटेर जाने उहाँको भनाइ छ।
उहाँले पूर्वराजालाई बदनाम गर्ने झुटा आरोप लगाउने र हिन्दुराष्ट्रको मान्यतालाई निषेध गर्ने, समाप्त पार्ने षडयन्त्रविरुद्ध सजक भएर प्रतिरक्षा गर्न सवै राष्ट्रवादी शक्तिहरु एक ठाँउमा उभिनुपर्नेमा जोडदिनुभयो । अब पनि राष्ट्रवादी शक्तिहरु एक ठाँउमा उभिन नसके भविष्यमा पछुताउनुपर्ने अवस्था आउने उहाँको धारण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री