
काठमाडौँ । राजावादीहरुको हिंसात्मक प्रदर्शनको क्रममा भाटभटेनी सुपरमार्केटबाट सामान लुटेराहरुलाई कुटेर लखेट्ने सुरक्षागार्डलाई पुरस्कृत गरिएको छ ।
भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले लुटेरा कुट्ने सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १ सय ५ रुपैयाँसहित पुरस्कार प्रदान गर्नुभएको छ ।
भाटभटेनी सुपरमार्केट सुरक्षागार्ड पराजुलीलाई सम्मानसँगै ५ ग्रेड बढुवा गरेको छ । सुरक्षागार्ड पराजुलीले चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारी कुट्दै लखेटेर ठूलो क्षति हुनबाट जोगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो